समाज

पूर्वराजा ज्ञानेन्दकाे स्वागतमा सर्वसाधरणकाे ठूलाे भीड

पूर्वराजा ज्ञानेन्दकाे स्वागतमा सर्वसाधरणकाे ठूलाे भीड
फाल्गुन - १३ । पूर्व राजा ज्ञानेन्द्र शाह सहित पूर्वराजपरिवारका सदस्यहरुले शुक्रबार अपरान्ह वीरगंजको अलखियामठ स्थित महादेव मन्दिरमा पुगेर पूजाआरधना गरेका छन् ।
शिवरात्रि पर्वको अवसरमा वीरगंज आईपुग्नु भएका पुर्वराजा ज्ञानेन्द्र शाहसहितको पूर्वराजपरिवारले आराध्यदेव भगवान शिवको २० मिनेटभन्दा बढी पूजाआराधान गरेको अलखिया मठ संचालक समितिका कार्यवाहक अध्यक्ष संजय जोशीले बताए । पूर्वराजाको सुरक्षाका लागि वीरगंजमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । पूर्व राजालाई स्वागत गर्नका लागि राजावादीहरु मन्दिर परिसरमा पुगेका थिए । पूर्वराजा आउने भएपछि शिवरात्रिको दिन मन्दिरमा दर्शानार्थीको ठुलो भिड लागेको भएपनि त्यसलाई व्यवस्थीत बनाइएको थियो ।
अलखियामठ महादेव मन्दिरमा पूजाआराधना गरिसकेपछि त्यहाबाट पैदलमार्ग हुदै वीरगंजबािस संग भेटघाट गर्दै माईस्थान स्थित गहवामाई मन्दिरमा समेत पुगेर पूर्वराजाले पूजाआरधना गरेका थिए। पूर्वराजालाई हेर्न नगरबासिहरुको अलखियामठ देखि माईस्थान मन्दिरसम्मको क्षेत्रमा हजारौं स्थानियबासिन्दाहरुको भिड लागेको थियो ।
पूर्व राजाको स्वागत गर्दै राजावादीहरुले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कस्को जनताको, जनता कस्को राजाको भन्ने नारा समेत लगाएका थिए । यसैबीच पुर्वराजालाई देख्न साथ हजारौको संख्यामा रहेका स्थानिय बासिन्दाहरुले राजनीतिक दलका नेता विरुद्ध आक्रोश व्यक्त गर्दै नेता चोर देश छोड सम्मका नारा लगाएका थिए । माईस्थानको पुजा आरधना सकेर फर्किने बेलामा सडकमा उत्रिएको स्थानियको भिडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह आज सांझ बीरगंजबाट सिमरा तर्फ प्रस्थान गर्नु भएको छ ।

Ganendra Shaha

विशेष