खेल

तिलोत्तमा गोल्डकप : सिक्किम युनाइटेड नेपाल आर्मीसँग ८–० ले पराजित

तिलोत्तमा गोल्डकप : सिक्किम युनाइटेड नेपाल आर्मीसँग ८–० ले पराजित
फागुन–१४ । बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटवलमा नेपाल आर्मीले भारतको सिक्किम युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आर्मीका अमृत बस्नेतले ह्याट्रिक गोल गरे गरे । यस्तै दिप लामाले दुई तथा विवेक बस्नेत, टंक बस्नेत र सन्तोष तामाङले एक एक गोल गरे । मोफसलको सर्वाधिक धनराशी भएको गोल्डकप प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ । विभागीय टिपसहित १० टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् ।

तिलोत्तमा गोल्डकप नेपाल आर्मी बुटवल

विशेष