खेल

इमर्जिङ कपमा नेपाली क्रिकेट टोली सहभागी हुने

इमर्जिङ कपमा नेपाली क्रिकेट टोली सहभागी हुने
फागुन–१४ । नेपालले एसिसी इमर्जिङ टिम कप क्रिकेटमा सहभागिता जनाउने भएको छ । टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिता एसिसी इमर्जिङ नेशन्स कप खेल्ने अवसरबाट वञ्चित नगर्न नेपालले गरेको अपिल एसियाली क्रिकेट परिषद (एसिसी) ले स्विकारेको छ । सुरुमा टेस्ट खेल्ने एसियाका चार देशका युवा टोली तथा एसोसिएट सदस्यमध्येबाट नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ र अफगानिस्तान गरी आठ टोलीबीच हुने भनिएको प्रतियोगितामा नेपालको ढोका बन्द गर्ने निर्णय भएको सूचना एसिसीले मंगलबार दिएको थियो । मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म बंगलादेशको ढाकामा हुने तय भएको प्रतियोगितामा एकदिवसीय मान्यताप्राप्त टोलीलाई मात्र सहभागी गराउने भन्दै एसिसीले नेपाली क्रिकेट अघिकारीहरुलाई मंगलबार पत्राचार गरेको थियो । तर, नेपाली टोलीले आफूलाई प्रतियोगितामा समावेश गर्न बुधबार गरेको अनुरोध एसिसीले शुक्रबार स्वीकारेको नेपाल क्रिकेट संघ (क्यान) की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी गराइन् । यूएई र हङकङले अन्य कार्यक्रमको व्यस्तताका कारण सहभागिता नजाउने बताएपनि नेपालको समेत ढोका बन्द गर्ने गरी एकदिवसीय मान्यता प्राप्तलाई मात्र सहभागि गराउने निर्णय गरेको थियो । तथापि पछिल्लो निर्णयमा नेपालसँगै मलेसियालाई पनि समावेश गरेको घिमिरेले बताइन् । –नागरिक दैनिकबाट

इमर्जिङ कप नेपाली क्रिकेट

विशेष