मनोरञ्जन

दिपिकाको सुखकारी हलिउड डेब्यू

दिपिकाको सुखकारी हलिउड डेब्यू
फागुन - १४ । बलिउड अभिनेत्री दिपिका पादुकोणले बलिउडमा मात्र नभएर हलिउडमा पनि राम्रै चर्चा बटुलिसकेकी छिन् । उनको पहिलो डेब्यु फिल्म ‘ट्रिपल एक्स’ को सफलताबाट उनले सर्वाधिक चर्चा बटुलेकी हुन् । दिपिकालाई बलिउड फिल्मम दर्शकले जति साथ दिन्थे हलिउड पनि उत्तिकै साथ दिए । दर्शकहरुको यस्तै माया र साथले आभारी रहेकी दिपिकाले सबभन्दा बढि त इण्डियाले उक्त फिल्माई स्नेहपूर्वक स्वीकार गर्दा आफू निकै भावुक बनेको बताइन् । फिल्ममा उनले निभाएको भूमिकाले राम्रै समीक्षा पाएका कारण आफू यतिबेला निकै खुशी भएको बताएकी छिन् । यतिबेला दिपिकाले हलिउडका चर्चित जोडी ब्राड पिट र एन्जिलिना जोली अभिनित ‘मिस्टर एण्ड मिसेस स्मीथ’ नामक फिल्मको रिमेकमा काम गर्न लागेको भन्ने हल्ला छ । दिपिकाले उक्त कुरा सरासर झुटो हल्लामात्र भएको बताउँदै आफू अहिले एकमात्र फिल्म ‘पद्मावती’ मा काम गरिरहेको बताइन् ।

dipika padukon

विशेष