देश

इन्देश्वर महादेव मन्दिरका पूजारीको हत्या, २८ वर्षीय युवक पक्राउ

इन्देश्वर महादेव मन्दिरका पूजारीको हत्या, २८ वर्षीय युवक पक्राउ
फागुन - १४ । महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित राईमन्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको शनिबार हत्या भएको छ । मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए । शाहीको शव परीक्षणका लागि सदरमुकाम जलेश्वर पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

हत्या

विशेष