मनोरञ्जन

ओठ सर्जरी गरेपछि आलोचित बनेकी आयसाको यस्तो जवाफ

ओठ सर्जरी गरेपछि आलोचित बनेकी आयसाको यस्तो जवाफ
फागुन - १४ । बलिउड अभिनेत्री आयसा टाकियाले ओठ सर्जरी गरेलगत्तै उनका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । यतिबेला उनको मजाक उडाउनेको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ ।
आयसाको ओठ सर्जरीपछि उनको रुप बदलिएको छ । आफ्नो रुप परिवर्तन हुनुमा आयसा आफैं पनि खुशी छिन् । यद्यपी आयसालाई भने यस्ता नकारात्मक कुराहरुले केही असर पारेको छैन । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट शेयर गर्दै उनले मजाक गर्नहरुलाई कडा उत्तर दिएकी छिन् । उक्त पोष्टमा लेखिएको छ, ‘तिमी संसारकै स्वादिष्ट र रसिलो फल भएपनि त्यहाँ अझ कोही व्यक्तिहरु हुन्छन् जसलाई उक्त फल नै मन पर्दैन ।’ उक्त पोष्टले सिधैं आलोचना गर्नेहरुको व्यंग हानेको छ ।

Aaysha Takiya

विशेष