स्वास्थ्य

क्यान्सरदेखि रक्तचाप नियन्त्रणसम्म, आयुर्बेदिक जडीबुटी अलैँचीको नाम एक फाइदा अनेक

क्यान्सरदेखि रक्तचाप नियन्त्रणसम्म, आयुर्बेदिक जडीबुटी अलैँचीको नाम एक फाइदा अनेक

अलैँची पहाडी भेगमा पाइने बहुउपयोगी बनस्पती हो । मसला बाली भएकाले प्राचिन समयदेखि नै यसको बाली गरिँदै आएको छ । यो प्रकृतिकरुपमा दक्षिण भारतको आर्द्र सदाबहार जंगलमा प्रसस्त पाइन्छ । नेपाल, भारत, भुटान, श्रीलंका, मलेशिया चीनलगायतका देशमा अलैँचीको प्रसस्त खेती गरिन्छ । नेपाल, भारत र भुटानमा सबैभन्दा धेरै अलैँची उत्पादन हुने देशअन्तर्गत गर्दछन् ।

 नेपालमा भने पूर्वीपहाडी जिल्लामा वर्षेनी करोडौँको मूल्यको अलैँची उत्पादन हुन्छ । यसको बीयाँबाट सिनेयल नाम सुगन्धित औषधीय र मसला युक्त तेल प्राप्त हुन्छ । यसको ठूलो औषधीय महत्त्वका कारणले गर्दा महंगो मूल्यमा बिक्री हुने गर्दछ । आयुर्बेदिक चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध, आँखा सुनिएको, पाचन प्रणालीमा गडबढी आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छन् । अलैँचीका अलैँचीका औषधिय गुणहरु यस्ता छन्ः


१) यसको निरन्तर सेवनले श्वास–प्रस्वाससम्बन्धी रोग लाग्न दिदैन ।

२) शरीरबाट बिजातिय तत्त्व (toxin) निकाल्दछ ।

३) मुख रोग निको पार्नुको साथै दुर्गन्ध हटाउँदछ ।

४) यसको तेलले मालिस गर्दा टाउको दुखेको बिसेक हुनुको साथै केश दह्रो हुन्छ ।

५) क्यान्सर जस्तो खतर्नाक रोग लाग्न दिदैन ।

६) अरुची बमन साथै पेटसम्बन्धी समस्या हटाउदछँ ।

७) दमको रोगीलाइ फायदा पुर्याउँछ ।

८) पिसाबसम्बन्धी रोग जस्तो बहुमुत्र, पिसाबको जलनमा फायदा पुर्याउछ ।

९) यसको सेवनले एलर्जिको समस्या हुँदैन ।

१०) शरीर दुखेको, तनाव एवं थकान घटाउँदछ ।

११) रक्तचाप नियन्त्रण गर्दछ।

१२) दातसम्बन्धी समस्या (दात दुख्ने सिरिङ सिरिङ हुने समस्या)मा फायदा पुर्याउँदछ ।

black cardamom

विशेष