खेल

संकटालार्इ सडन डेथमा हराउँदै प्रहरीले उचाल्यो बुढासुब्बा गाेल्कपको उपाधि

संकटालार्इ सडन डेथमा हराउँदै प्रहरीले उचाल्यो बुढासुब्बा गाेल्कपको उपाधि
फागुन - १४ । धरानमा सम्पन्न १९ औं बुढासुब्बा गोल्डकपको उपाधि नेपाल प्रहरी क्लबले जितेको छ । धरान टेक्निकल सेन्टरमा भएको खेलमा नेपाल प्रहरीले संकटा क्लबलाई सडन डेथमा हराउंदै फाइनल उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । खेलको पहिलो हाफको २८ औं मिनेटमा संकटाका राज पौडेलले गोल गर्दै अग्रता दिलाएका थिए पहिलो हाफमा १–० गोल अन्तरले पछाडि रहेको पुलिसका खेलाडी जुमानु राईले दोस्रो हाफको ८० औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन् सकेन । प्रतियोगिताको विजेता नेपाल प्रहरीले ५ लाख नगदसंगै ट्रफी प्राप्त गर्यो भने संकटाले २ लाख ५१ हजारमा चित्त बुझायो । त्यस्तै बुटबलमा जारी तिलोत्तमा गोल्डकमा झापा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्बल सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारिक ९० मिनेटको खेलमा दुबै टिमबाट एक एक गोल भएपछि थगिएको ३० मिनेटमा हिमालय शेर्पाले १ गोल थप्दै २–१ ले झापा ११ लाई स्तब्ध पार्दै सेमिफाइनमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत भोली धरान फुटबल क्लब र रुपन्देही ११ बिच खेल हुनेछ ।

Budha Subba Gold Cup

विशेष