मनोरञ्जन

उमेरले ४१ वर्ष लागेकी सुस्मीता सधैँ जवान देखिनुको रहस्य

उमेरले ४१ वर्ष लागेकी सुस्मीता सधैँ जवान देखिनुको रहस्य

फागुन १४ । पूर्व मिस युनिभर्स तथा चर्चित बलिउड अभिनेत्री सुस्मीता सेन आजभोली फिल्ममा त्यती देखिन्नन् । कुनै समयकी ब्यस्त नायिकाको रुपमा चिनिएकी सुस्मीताका हातमा अहिले एउटा पनि फिल्म छैन । तर, सुस्मीता खाली भने पक्कै बसेकी छैनन् । उनी भर्खरमात्र मिस यूनिभर्स पेजेन्टमा निर्णायक बनेर फर्किए हुन् । पेजेन्टमा निर्णायक बनेर फर्किएसँगै उनको चर्चा बढेको छ । उनी आफू निर्णायक बन्दाको अनुभव सुनाएर र्चाचमा आएकी हुन् । अनुभव साट्दै उनले आफूलाई २३ वर्षअघिका कुराहरु याद आएको बताइन् । झण्डै २३ वर्ष अघि उनी मिस यूनिभर्स भएकी थिइन् । उक्त पेजेन्टमा भारतीय निर्णयक हुँदा आफू निकै खुशी भएको उनले बताइन् । उमेरले ४१ वर्ष लागेकी सुस्मीता अहिलेसम्म पनि सदावहार छिन् । सधैंभरि यस्तै सदावहार हुनुको राज सोध्दा उनी आफू उमेरलाई कहिल्यै प्राथामिकता नदिने बताइन् । उमेरअनुसार हुने सबै परिवर्तनलाई खुशी भएर आत्मसात गर्नु नै आफू जवान देखिनुको राज भएको उनको भनाई छ ।

सुस्मीता सेन

विशेष