देश

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
फागुन – १४ । काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ मा आज भएको ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। स्थानीय महादेवस्थानबाट हिगुवापाटी जाँदै गरेको ना५त ३८५१ नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा महादेवस्थान गाविस–९ का ४५ वर्षीय कृष्णबहादुर राई दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। उनले मदिरासमेत सेवन गरेर ट्रयाक्टर चलाएको बताइएको छ ।

road accident

विशेष