समाज

अनसनरत पत्रकारको स्वास्थ्य अवस्था गम्भीर, सम्बन्धित निकाय मौन

अनसनरत पत्रकारको स्वास्थ्य अवस्था गम्भीर, सम्बन्धित निकाय मौन
फागुन – १४ । अनसनरत नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नेपाल पत्रकार महासंघमा विधि, विधान, पद्धति तथा शुद्धिकरणलगायतका माग राखी विगत चार दिनदेखि पत्रकार द्वय ढुंगना र अधिकारी आमरण अनसन बसेका हुन् । नेपाल पत्रकार महासंघ पाँचथरले शनिबार एक विज्ञप्ति सर्वाजनिक गर्दै अनसनरत पत्रकारको स्वास्थ्य अवस्था गम्भीर भएकोमा ध्यानार्कषण गराएको छ । आमरण अनसनरत पत्रकारहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सहरुले बताइरहँदा पनि महासंघको नेतृत्व र अन्य सरोकारवलाले मागप्रति ध्यान नदिएको प्रति गम्भीर आपत्ती जनाएको छ । लामो समयदेखि राखिएका मागहरु सम्बोधन हुन नसक्दा आमरण अनसन बुस्नु परेको स्पष्ट पार्दै मागलाई गम्भीरतापूर्वक लिन महासंघको पाँचथर शाखाले अपिल गरेको छ । पत्राकार द्वय ढुंगाना र अधिकारी केन्द्रीय कार्यालयमा तालबन्द गरि विगत चार दिनदेखि आमरण अनसन बसेका छन् ।

विशेष