खेल

बस्न्यात दक्षिण कोरियाका प्रशिक्षक नियुक्त

बस्न्यात दक्षिण कोरियाका प्रशिक्षक नियुक्त
फागुन १५ । राजु बस्न्यात दक्षिण कोरियाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा नियुक्त भएका छन् । भिसा प्रक्रिया पुरा भएपछि बस्न्यात दक्षिण कोरिया जाने कार्यक्रम रहेको छ । दक्षिण कोरियाको क्रिकेट वेबसाइटमा एक महिना अघि मुख्य प्रशिक्षकका लागि आवेदन मागेको थियो । नेपालबाट ५ जना र विश्वभरबाट कुल ३७ जनाले आवेदन दिएका थिए । तर कोरियाले बस्न्यातलाई अन्र्तवार्ताका लागि चयन गरेको थियो । दक्षिण कोरियाको प्रशिक्षक बन्ने बस्न्यात दोस्रो नेपाली हुन् । उनले दक्षिण कोरियाको महिला र पुरुष दुबै टिम हेर्ने छन् ।

Raju Basnet

विशेष