स्वास्थ्य

सरकारी डाक्टरले अनुमति नलिइ निजीमा काम गरे लाइसेन्स चैट

सरकारी डाक्टरले अनुमति नलिइ निजीमा काम गरे लाइसेन्स चैट

फागुन–१५ । सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारबाट पूर्वअनुमति नलिए २०७४ वैशाखदेखि निजी अस्पताल र क्लिनिकमा काम गर्न पाउने छैनन् । उनीहरुले निजी क्लिनिक सञ्चालन गर्नसमेत सरकारबाट पूर्वअनुमति लिनु पर्छ । अटेर गर्ने चिकित्सिक र स्वस्थ्यकर्मीको लाइसेन्स खारेजीसम्मको कारबाही हुनेछ । स्वास्थ्य मन्त्रालयबाट निजी क्षेत्रमा काम गर्ने अनुमति पाएकाहरुले अस्पतालको हकमा बिहान ९ देखि ३ बजेसम्म र स्वास्थ्य चौकीको हकमा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म कार्यलय समयमा भने कुनै पनि निजी क्षेत्रमा काम गर्न पाउने छैनन् । बढी समय सरकारी अस्पतालमा काम गरुन भनेर सरकारले स्वस्थ्कर्मीको तलब ५० प्रतिशत वृद्धि गरिदिएको छ । –कान्तिपुर दैनिकबाट

विशेष