खेल

इङ्गलिश प्रिमियर लिगमा चेल्सीको शानदार जीत, अंकतालिकाको शीर्षमा कायमै

इङ्गलिश प्रिमियर लिगमा चेल्सीको शानदार जीत, अंकतालिकाको शीर्षमा कायमै
फागुन १५ । स्वान्सी सिटीलाई हराउँदै चेल्सीले इङ्गलिश प्रिमियर लिग फुटबलको अंक तालिकामा आफ्नो अग्रता फराकिलो पारेको छ । गए राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले पराजित गरेको हो । खेलमा चेल्सीलाई विजयी गराउन स्पेसिन खेलाडीहरु फाब्रिगास, पेड्रो र डिएगो कोष्टाले एक एक गोल गरे । स्वान्सी सिटीका लागि फर्नान्डो लोरेन्तेले एक गोल फर्काए । अर्को खेलमा एभर्टनले सण्डरल्याण्डलाई २–० ले हरायो । खेलमा एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकु र ईद्रीसा गानाले एक एक गोल गरे ।यसैगरी क्रिष्टल प्यालेसले मिडिल्सब्रोलाई १–० ले हराउँदा वेष्ट ब्रोमले बर्नमाउथलाई २–१ ले पराजित र्गयो । प्रिमियर लिग अन्तर्गत अरु खेलमा हल सिटी र बर्न्ले तथा वाट्फोर्ड र वेष्ट ह्याम युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

Premier Leauge

विशेष