युट्युबबाट ३० सेकेन्डको विज्ञापन हट्दै
फागुन १५ । कहिलेकाही युट्युबमा भिडियो हेर्दा ३० सेकेन्डको विज्ञापन आफै प्ले हुन्छ । यो खास गरी मोबाइलमा युट्युब चलाउँदा हुन्छ । यसरी आफै प्ले हुने एड प्रयोगकर्ताले स्कीप गर्न अर्थात हटाउन सक्दैनन् । यस्तो आफूले चाहेको भिडियो हेर्न यस्ता एड आफैं नसकिँदासम्म कुर्नुको विकल्प थिए । अझ यसको बढी असर ती प्रयोगकर्तालाई हुन्छ, जसले मोबाइल डाटाबाट युट्युब चलाउँछन् ।
अब खुसीको कुरा के छ भने यस्तो एडहरु अर्को वर्षबाट हट्दै छन् । युट्युबका अधिकांश प्रयोगकर्ताले स्किप गर्न नमिल्ने एड पटक्कै रुचाएँदैनन् । अझ ८० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले युट्युबमा विज्ञापन राख्न हुँदैन भन्ने मत राख्छन् । तर, युट्युबको आम्दानी हुने भनेकै यस्तै विज्ञापनबाट हो । यसैले युट्युबले हटाउनै नमिल्ने ३० सेकेन्डको एडको विकल्पमा छोटो एडलाई हेरेको छ ।