मनोरञ्जन

दयाहाङ र प्रियंकाको सम्बन्धमा गडबडी !

दयाहाङ र प्रियंकाको सम्बन्धमा गडबडी !

फागुन १५ । नेपाली फिल्मवृत्तमा न सम्बन्ध कसिलो हुन बेर लाग्छ न दरार आउन । अघिल्लो दिन दोस्ती भोलिपल्ट दुस्मनीमा बदलिनु सामान्य मानिन्छ । दयाहाङ राई र प्रियंका कार्की यहि शृंखलाको पछिल्लो उदाहरण बन्ने क्रममा रहेको गाँइगुइँ सुनिन थालेको छ ।

केहिअघिसम्म रिलमा मात्र होइन रियलमै उनीहरु एकदम नजिक थिए । प्रियंकको वालमा दयाहाङसंगका तस्विर अपलोड भइरहन्छ । तर अचेल फेसबुकमा त्यो प्रगाढ सम्बन्ध देखिन्न नै, संगै उनीहरुले खोल्ने भनेको प्रोडक्सन हाउस पनि गर्भमै तुहिएको छ ।

दयाहाङ स्वयंले नै तत्काल प्रोडक्सन कम्पनी खोल्ने सम्भावना नरहेको बताएका छन् । उता, प्रियंका पनि दयाहाङ नभएका फिल्ममा व्यस्त छिन् । अनि यी दुईबिचको सम्बन्धमा तुसारापात भएको संकेत मान्न सकिन्छ ।

Dayahang Rai priyanka karki

विशेष