मनोरञ्जन

रेखाको मस्ति अब अर्कै आर्यनसँग

रेखाको मस्ति अब अर्कै आर्यनसँग

फागुन १५ । कनै समयमा रेखा थापा र आर्यन सिग्देलको जोडी चर्चाको शिखरमा थियो ।

रेखाले आफ्नो ब्यानरको किस्मतबाट डेब्यु गराएकी थिइन । त्यसपछि आर्यनको किस्मत चम्कियो पनि । हिफाजत र कसले चोर्यो मेरो मनमा पनि यो जोडीलाई औधि रुचाइयो ।

तर यतिबेला रेखा र आर्यन फिल्ममा त खेल्दैनन् नै बोलचाल पनि छैन । सकेसम्म एउटै कार्यक्रममा उपस्थित पनि हुँदैनन् ।

यही मौकामा रेखाले नयाँ आर्यन अर्थात आर्यन अधिकारीलाई अंगालेकी छन् । फिल्म हो, कसो कसो माया बस्यो । सबिर श्रेष्ठको निर्देशनमा रहने यस फिल्ममा रेखाले अमेरिकाबाट फर्किएका आर्यनसँग रोमान्स गर्न लागेकी हुन् । नयाँ आर्यनसँगको रसायन दर्शकले कति रुचाउने हुन् ? हेर्न बाँकी छ ।

नेपाल

rekha thapa

विशेष