विचार

हाम्रो होइन राम्रो नेता छानौ, भ्रष्टलाई बहिष्कार गरौं

हाम्रो होइन राम्रो नेता छानौ, भ्रष्टलाई बहिष्कार गरौं

उमेश बाबु

कुनै पनि नेता तथा ब्यक्ति सफल, असफल, सदाचारी एवम भ्रष्टाचारी हुनुको पछाडी मुलभुत रुपमा पार्टीको नीति, मूल्य मान्यता एंव जन्मजात प्रेरणाको आधारबाट लगाउन सकिदैन अपितु उ जन्मेको घर परिवार एवं समाजबाट बनेका धारणा, विस्वास गर्ने शैली आदी पनि जिम्मेवार हुन्छ्न ।

यसरी पारिवारिक एंव सामाजिक सस्कार र सभ्यताले उसलाइ आन्तरिक रुपमा निर्माण गरिरहेको हुन्छ । पार्टीगत नीति, नियम त्यस भित्रको मुल्यमान्यता र सिद्धान्त लाई अनुसरण गर्ने अनुशासनले पनि प्रेरणा प्रदान गरेको हुन्छ भने अग्रजहरुको कार्यशैलिले पनि ब्यक्तिलाई प्रभाब पारी नै रहेको हुन्छ ।

यी सम्पुर्ण कुरालाइ मध्यनजर राखी नेतृत्व निर्माण एवम पार्टीगत नीति नियम निर्माण एवं कार्यान्वयन साथै अनुशासनबाट नै जानकारी प्राप्त गर्न सकिन्छ कि समाज एवं रितले रास्ट्र निर्माणमा विबेकशिलताको उपयोग कसरी गरिरहेको छ भनेर ।

समाजमा राम्रा तथा नराम्रा सबै किसिमका ब्यक्ति तथा सस्थाहरु छ्न । ती आफै नराम्रो हुन नखोज्दा नखोज्दै पनि कार्यशैली, नीति नियम र सिद्धान्त लाई विबेकपुर्ण ढङ्गले उपयोग गर्ने कलाको अभाबमा स्वमलाई आत्मघात त छदैछ सगै देश समाजलाइ समेत फसाउदै लगेको छ ।

ब्यक्ति एवं पार्टीले समय परिस्थिति र समाज लगायत रास्ट्रको आवस्यकता बुझ्न सक्ने शक्ति एवं सामर्थ्यलाई नै विबेकको नामले बुझ्न सकिन्छ । बर्तमान परिस्थितिमा अध्ययन गर्दै तत्कालीन मात्रै नभै दुरगामी फाइदाको लागि जति मात्र सोच, बिचार एव दुरदर्शितालाई विबेकपुर्ण ढङ्गले निर्णय गरिन्छ उतिनै अनुपातमा सबै पक्षबाट सफल हुँदै जान सक्दछ । हुनत यो ब्यक्तिको आन्तरिक शक्ति हो तर यसको अर्थ यो हैन कि यो मानिसको जन्मजात अन्तस्प्रवृत्ति हो।जस्को बाह्य जगत सग कुनै लेखाजोखा छैन ।यो त समय परिस्थिति हेरि सभ्यसमाजको ब्यक्तिहरुले गर्ने पौरख हो ।

यस्तै बिषयमा एक विश्व प्रसिद्ध समाज मनोबैज्ञानिक मौरिसर गिन्सवर्गले आफ्नो कृति ’ द साइकोलोजी अफ सोसाइटी’ लेखेको कुरा भन्न असान्दर्भिक नहोला । उनले भनेका छन कि “मानवी मस्तिष्कमा बिचारहरु अनायासै उत्पन्न हुदैन, यो त बाह्य जगतको स्थिति देखेर,सुनेर नै त्यस अनुसार इच्छा आकाक्षा एवं भाब सम्बेदनाको उदय हुन्छ । यसर्थ हामीले के बुझ्न सक्छौ भने समय परिस्थितिले ब्यक्तिलाई प्रभावित पार्दै प्रेरणा दिइरहे पनि त्यो बेला मानिसको विबेकले नै काम गर्न जरुरी छ । र, यसै अनुसार हेर्ने हो भने विश्व जगतको मानव बिकासको क्रम पनि विबेकको दृष्टिबाट नै सृष्टि अघि बढेको छ ।

समाजमा विबेकहिन अनुभबले ब्यक्ति एवं रास्ट्रलाई दिग्भ्रमित, दिशाहिन बनाएर छाड्दछ । अहिले सम्मको नेपाली राजनीतिक मनोविज्ञानलाई अध्ययन गर्ने हो भने यहि अनुभव हुन्छ । त्यसैले पनि यो थाहा पाउन सकिन्छ कि ब्यक्तिको बिबेकको दृष्टि नष्ट भएर नै समाजको स्वरुपमा अशिष्टता एवम असभ्यता हुँदै गएको छ । त्यसैले ब्यक्ति एवं सस्थागत विबेकशिलतामा नै समाजको स्थिरता, सुख एव समृद्धिता निर्भर गरेको हुन्छ ।

हामीले इतिहासको पाना पल्टाएर हेर्यौ भने आजको परिस्थितिको भागिदार जनताले बिबेकशिल पुर्वक आफ्नो भोट स्वनिर्णय गरि सहि ब्यक्तिलाइ दिन नसक्दा नै भएको देखिन्छ । र, त्यसको सजाय तत्कालीन ब्यक्ति, समाजले एवं रास्ट्रले मात्रै भोग्दैन पुस्तौ पुस्ताले ब्यहोर्नु पर्दछ ।

अहिले देशमा १९ वर्ष पछि स्थानीय चुनावको टुङ्गो लागेको छ । त्यसैले यतिबेला देशका सचेत युवा एवं प्रबुद्ध ब्यक्तिले आफ्नो स्वबिबेकले देश भक्ति भावना राखेर आफ्नो मताधिकार लाई रास्ट्र निर्माणमा कसरी लगाउने भन्ने कुरा निर्णय गर्ने जिम्मेदारी आएको छ । यो कुरा आफ्नो आसपासलाइ बुझाउने जिम्मा यो बौद्धिक जमातको हो ।

कुनै कुनै बेला देशमा यस्तो पनि देखिन्छ कि नेताहरुले यस्तो निर्णय लिन्छन कि हामी जातिय, क्षेत्रिय, भौगोलिक रुपमा खतरामा पारियो भन्दै बेफ्वाकमा जनतालाइ उत्तेजित पार्दै आन्दोलित गर्दछन, जनतालाई मर्न लगाउदछन् । यसरी आफ्नो स्वार्थ सिद्ध गराउदछन् । यसरी उद्वेलित आन्दोलनहरुको पछाडि नेताको दुरदर्शिताको अभाबकै कारणले मानव समाजले ठूलो बिनासकारी परिणाम उत्पन्न गर्दछन् ।

यसको ठिक बिपरित जुन समाजको आवश्यकता अनुसार समाज जोड्दै सामाजिक आन्दोलन एवं जन जागृती अभियान अन्तर्गत तत्कालीन मान प्रतिष्ठा लाभ आर्जन मात्रै नहेरी दुरगामी सत्परिणाम लाई प्रमुखताका साथ अगाडी बढेको नया सोच, नवीन चिन्तन एवं बेमिसाइल उर्जाको खोजी हुन थालेको छ । यी सबै कुराको पुर्ती गर्ने महान अभिप्राय लिएर नेपाली राजनीतिक आकासमा ध्रुब तारा झै चम्किलो रुपमा आशाको ज्योति बोकेर उदाएको छ । “विबेकशिल नेपाली“ आफुलाइ कण कणमा विबेकको कसिमा कस्दै देश समाजको आजको फाइदा मात्रै नहेरी भोलिको सत्परिणामको लागि विबेकपुर्ण रुपमा नयाँ अभ्यासको थालनि गर्दै आएको छ । जसलाइ धेरै नेपालिहरुले आशा एवं भरोसा गर्न थालेका छन ।

गान्धी एवम बुद्ध जस्ता महामानवको सफल एवम सार्थक अभियानको एकै रहस्य यो छ कि समाजको भावी स्वरुप सभ्य एवम सुसस्कृत बनाउने नवीन सोच विबेकको दृस्टिले अपनाएका थिए । यदि संसारमा साम्यबाद, समाजबाद तथा प्रजातन्त्रबाद्को सिद्धान्तको कार्यान्वयन विबेकको अनुशासन लाई परिपालन गरेर नै भएको छ । त्यसैले पनि समय परिस्थीती अनुसार आफुलाइ बिबेकशील ढंगले परिचालित गराउनु पर्दछ । अब को भोटाधिकार मा हाम्रो सोच बिचारमा बिबेकशिलता प्रयोग भएन भने फेरि उहीँ पुराना अदुर्दर्शी सोच बोकेका हरुले देश सगै हामी सबैलाई दल दल मा फसाइदिन्छन् ।

त्यसैले सोचमा, बिचारमा, भावनामा, नीति नियम एवं कार्यान्वयन मा बिबेकसिलताको अभ्यासको खाचो परेको छ । अब यो महसुस गरि यो देशको देश भक्ति भावनाले आपुरित नागरिकले स्वनिर्णय गर्ने क्षमताको बिकास गर्दै देशको सभ्यतालाइ नयाँ दिशा दिनु पर्छ ।

उमेश बाबु

Umesh Babu

विशेष