मनोरञ्जन

२ दिनमा लुट–२ ले कमायो ३ करोड

२ दिनमा लुट–२ ले कमायो ३ करोड

फागुन १५ । फिल्म ‘लुट २’ले देशभरका हलबाट २ दिनमा ३ करोड आसपासको व्यापार गरेको छ । निश्चल बस्नेत निर्देशित यो चलचित्र हेर्नका लागि काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको घुँइचो देखिएको थियो ।

शुक्रबार र शनिबारको बिदाले यो चलचित्रको व्यापारमा ठूलो योगदान गरेको छ । प्रचारप्रसार, निश्चलको नाम, ‘लुट’ को ब्रान्डका कारणले पनि चलचित्रले २ दिन आक्रामक व्यापार गर्न सफल भएको हो । शुक्रबार चलचित्रले काठमाडौंबाट १ करोडको व्यापार गरेको र काठमाडाैं  बाहिरबाट ५० लाखको व्यापार गरेको निर्माता वाग्लेले जानकारी दिएका छन् । उनले भने ‘शुक्रबार र शनिबार काठमाडाैंका सबै हलमा शतप्रतिशत अकुपेन्सी छ । काठमाण्डौ बाहिर भने शत प्रतिशत छैन ।’ शनिबार चलचित्रले काठमाडौंमा १ करोड ५ लाख र मोफसलमा ६० लाखको व्यापार गरेको वाग्लेको दाबी छ ।

सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रमा हाकु काले र ४ युवाको लडाइँलाई नै मुख्य केन्द्रमा राखिएको छ । चलचित्रका ‘वर्ड अफ माउथ’ भने मिश्रित छ ।

Loot 2

विशेष