स्वास्थ्य

माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

फागुन १५ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज बैंकक लगिँदैछ । पुनसँगै उनकी पत्नी एवम् सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाँदैछिन् ।

उनको उपचार यसअघि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भइहेको थियो । अस्पतालले आजै डिस्चार्ज गर्ने र बैंककस्थित समिति भेज अस्पतालमा उपचारका लागि लैजाने बताइएको छ ।

जण्डिस बिग्रिएपछि यसअघि अनन्तलाई बैंकककै समिति भेज अस्पतालमा उपचार गरिएको थियो । करिब एक महिना लामो उपचार पछि स्वास्थ्यमा केही सुधार आएपछि गत वर्ष माघमा उनलाई नेपाल फर्काइएको थियो ।

केही दिन आराम गरेपछि राजनीतिमा सक्रिय भएका अनन्त गत महिना रोल्पाको कार्यक्रममा सहभागी हुन गएका बेला पुनः बिरामी भएका थिए ।

विशेष