स्वास्थ्य

काठमाडौंमा स्वाइनफ्लूको जिवाणु भेटियो, सजग रहन डाक्टरको सुझाब

काठमाडौंमा स्वाइनफ्लूको जिवाणु भेटियो, सजग रहन डाक्टरको सुझाब
फागुन १५। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले बताएका छन् । काठमाडौं उपत्यकामा केही व्यक्तिलाई स्वाइन फ्लुको संक्रमण भएको पाइएपछि मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई उच्च सावधानी अपनाउन डा. पुनले सुझाव दिएका हुन् । १० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाएमा स्वाइनफ्लूको लक्षण हुने भन्दै उहाँले यस्तो देखिएमा तुरुन्त चेकअप गर्न पनि सुझाएका छन् ।

anantalingeswor nagarpalika

विशेष