खेल

ला लिगामा सेभिल्ला बलियो साबित हुँदै, मड्रिडसँग अंक बराबरी

ला लिगामा सेभिल्ला बलियो साबित हुँदै, मड्रिडसँग अंक बराबरी
फागुन–१५ । स्पेनिस ला लिगामा सेभिल्लाले रियल बेटिसलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको जितको लागि गाब्रिएल मेर्काडो र विसेन्ट इबोर्राले गोल गरे । बेटिसको लागि भने रिजा डुर्मिसीले एक गोल मात्र गर्न सफल भए । ३६ औं मिनेटमा बेटिसलाई डुर्मिसीले गरेको गोलले अग्रता दिएको थियो । तर खेलको ५६ औं मिनेटमा मेर्काडोले गोल गर्दै खेल बराबरीमा फर्काए । त्यसपछि ७६ औं मिनेटमा इबोर्राले गोल गरेपछि सेभिल्लाले २–१ को जित दिलाए । जितसँगै दोस्रो स्थानमा रहेको सेभिल्लाको २४ खेलबाट ५२ अंक भएको छ । दुई खेल कम खेलेको रियल मड्रिडको पनि ५२ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ५१ अंक छ ।

ला लिगा सेभिल्ला

विशेष