खेल

नवौं राष्ट्रपति रनिङ शिल्ड बाजुरामा सुरु

नवौं राष्ट्रपति रनिङ शिल्ड बाजुरामा सुरु
फागुन–१५ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नवौं संस्करण आइतबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति कार्यालय बाजुराको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले गरे । आटिचौर गाविसको दशरथ माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका ६४ विद्यालयमध्ये २६ वटा मात्र सहभागी रहेको छ । फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १५ खेल खेलाइने छ ।

नवौं राष्ट्रपति रनिङ शिल्ड बाजुरा

विशेष