खेल

तिलोत्तमा गोल्डकप : रुपन्देही–११ सेमिफाइनलमा प्रवेश

तिलोत्तमा गोल्डकप : रुपन्देही–११ सेमिफाइनलमा प्रवेश
फागुन–१५ । बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा रुपन्देही–११ ले आफ्नो स्थान पक्का गरेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा आईतबार भएको खेलमा रुपन्देहीले धरान एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । रुपन्देहीको जितको लागि लक्ष्मन रुचाल र अजय विकले एक–एक गोल गरे । त्यस्तै रुपन्देही कै कालु थापाले आत्मघाती गोल गरेर धरानलाई एक गोल उपहारमा दिएको थियो । रुपन्देहीले अब फाइनल प्रवेशको लागि नेपाली आर्मी र नेपाल पुलिसको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो क्वाटरफाइनलमा सोमबार सशस्त्र प्रहरी बलको एपीएफ र सिएमजी संकटा क्लबबीच खेल हुनेछ ।

तिलोत्तमा गोल्डकप बुटवल रुपन्देही ११

विशेष