खेल
आठौं साइलेन्ट नाइट कराते कपमा कृषालाई कास्य
आइतबार, १५ फागुन २०७३ गते प्रकाशित

फागुन–१५ । नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कास्य पदक जितेकी छन् ।
१६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
कृषा मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा सहभागी एक्लो नेपाली महिला खेलाडी हुन् ।
कराँते
कास्य
कृषा शेर्पा