बार्साले एथ्लेटिको मड्रिडलाई हरायो

फागुन १६ । लिओनल मेस्सीको गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एल्थेटिको मड्रिडलाई हराएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले बलियो टोली एथ्लेटिको मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो । एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६४ औं मिनेटमा बार्सिलोनाले राफिन्हाको गोलबाट अग्रता लियो ।
६ मिनेटपछि डिएगो गोडिनले घरेलु टोलीका लागि बराबरी गोल गरे । तर, निर्धा्रित ९० मिनेटको खेल सकिन ४ मिनेट बाँकी छँदा मेस्सीले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितपछि बार्सिलोना २४ खेलबाट ५४ अंक भएको छ । रियल मड्रिडको ५२ अंक छ ।
Fc Barcilona la liga