खेल

रियलको उत्कृष्ट पुनरागमन

रियलको उत्कृष्ट पुनरागमन

फागुन १६ । स्पेनिस ला लिगामा रियल मड्रिडले भियारियाललाई ३–२ ले पराजित गरेको छ ।

रियल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेल, रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टिमका लागि खेलको पहिलो गोल भियारियालले ५० औं मिनेटमा गर्यो । त्यसको ४ मिनेटपछि अग्रता दोब्बर पारेको भियारिल त्यसपछि ३ गोल खाँदै हार ब्यहोर्यो ।

त्यस्तै गए रातिनै भएका अनय खेलमा एथ्लेटिक बिल्बाओले ग्रानाडालाई ३–१ ले हराउँदा इस्पानियोलले ओसासुनालाई ३–० ले पराजित र्गयो ।

ला लिगाको अंक तालिकामा २३ खेलबाट ५५ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको बार्सिलोना ५४ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको सेभियाको ५२ अंक छ ।

Gyathe Bell la liga Ronaldo M

विशेष