इङ्लिस लिग कपको उपाधि म्यान्चेष्टर युनाइटेडलाई

फागुन १६ । इङ्गलिश लिग कपको उपाधि म्यान्चेष्टर युनाइटेडले जितेको छ ।
फाईनल खेलमा साउथह्याम्पटनलाई ३–२ ले हराउँदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि सुरक्षित गरेको हो ।
म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन इब्राहिमोभिचले दुई तथा जेस्सी लिङ्गार्डले एक गोल गरे ।
साउथह्याम्प्टनका लागि दुबै गोल ग्याबियाडीनीले गरेका थिए । मौरीन्होको लागि यो चौथो लिग कपको उपाधि हो । उनले यसअघि सन् २००५, सन् २००९ र सन् २०१५ मा चेल्सीलाई लिग कप जिताएका थिए ।
इंग्लीश प्रिमियर लिग अन्तर्गत राती भएको एक मात्र खेलमा टोटनह्याम हट्सपरले स्टोक सिटीलाई ४–० ले हराएको छ ।
जितसँगै टोटनह्यामले लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीसँगको दुरीलाई १० अंकमा सिमति गरेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ५३ अंक छ ।
EFL
EFL cup
Machester United
