समाज

बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जानाको ज्यान गयो पाल्पामा पैदल यात्रीको मृत्यु

बालाजुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जानाको ज्यान गयो पाल्पामा पैदल यात्रीको मृत्यु
फागुन १६ । काठमाडौंको बालाजु स्थित फुलबारी गेटमा आज बिहान साढे ५ बजे ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार काठमाडौ तार्केश्वर बस्ने ३५ वर्षिया गंगा फुयाँलको मृत्यु भएको छ भने चालक ३८ वर्षिय राजकुमार फुयाँल घाइते भएका छन् । घाइतेको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । ठक्कर दिने बस सहित चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । त्यस्तै गएराती पाल्पाको तानसेन ११ धोवीधारामा गएराति १० बजे ना २ ख ३८०८ नम्बरको तेल ट्याङ्करको ठक्करबाट पैदलयात्री, पाल्पाकै खस्यौली १ का ३० वर्षिय राजु रुचालको गम्भीर घाइते भई उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा राती नै मृत्यु भएको छ । ट्याङ्कर सहित चालकलाई नियन्त्रणमा लिईसकेको पाल्पा प्रहरीले जनाएको छ ।

सडक दुर्घटना

विशेष