मनोरञ्जन

द सेल्सम्यान यस वर्षको सर्वोत्कृष्ट चलचित्र, हात पार्यो ओस्कार अवार्ड

द सेल्सम्यान यस वर्षको सर्वोत्कृष्ट चलचित्र, हात पार्यो ओस्कार अवार्ड
फागुन १६ । ‘द सेल्सम्यान’ यस बर्षको सर्वोत्कृष्ट चलचित्र घोषित हुँदै ओस्कार अवार्ड हात पारेको छ । यस चलचित्रका निर्माता असगर फरहदी सन् २०१२ को प्रभावशाली ब्यक्तित्वका रुपमा टाइम्स म्यागेजिनको सूचीमा परेका थिए । यसबर्षको उत्कृष्ट एनिमेटेड चलचित्रको ओस्कार अवार्ड ‘जुटोपिया’ले हात पारेको छ भने एनिमेटेड शर्ट चलचित्रको उपाधी ‘पाइपर’ले जितेको छ । बेष्ट सपोर्टिङ एक्टर तर्फको उपाधि पहिलो पटक मुश्लिम समुदायका नायक महेरशालाले जितेको छ । उनलाई प्रख्यात चलचित्र ‘मुनलाईट’का लागि सपोर्टिङ रोलको अवार्ड दिईएको हो । सपोर्टिङ रोल महिला तर्फको ओस्कार अवार्डमा कविओला डेबिसले बाजी मारिन् । उनलाई चलचित्र फेसेजका लागि उपाधी दिइएको हो । चलचित्र ‘जंगल बुक’ले बेष्ट भिजुएल इफेक्ट्सको उपाधी पाएको छ ।

The Salse Man

विशेष