मुख्य समाचार

देशभरका सोझा नेपाली ठग्ने युनिटीका महाठग, आफ्नै पत्नीको फेला परे

देशभरका सोझा नेपाली ठग्ने युनिटीका महाठग, आफ्नै पत्नीको फेला परे

फागुन १६ ।  दुनियाँको रकम झ्वाम पारी कारागारको सजाय भोगिरहेका युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक विष्णु क्षेत्रीले आफू पत्नीबाट पीडित भएको गुनासो गरेका छन् ।

पत्नीका कारण आफू समस्यामा परेको भन्दै उनले कारागारमा केही सञ्चारकर्मीसँग गुनासो गरेका छन् । ठगी काण्डपछि केही समय आफ्नै वकिलको सल्लाहमा फरार भएका क्षेत्री तब फन्दामा परे जब उनले आफै मरेको नक्कली तस्बिर सार्वजनिक गरे । अहिले उनी त्यो तस्बिर सार्वजनिक गर्नुको भित्री कारण पत्नीले दिएको दुःख थियो भन्ने उनको जिकिर छ ।

[caption id="attachment_58253" align="alignright" width="197"] विष्णु र श्रीषाा[/caption]

हजारौं सोझा जनता ठगेर लुटको साम्राज्य खडा गरेका क्षेत्रीलाई प्रहरीले ‘मोस्ट वान्टेड’ सूचीमा राखेर २०६७ साल जेठ ३ बाट कारबाही प्रक्रिया थालेको थियो ।

प्रहरीले खोज्न थालेपछि उनी फरार भए । क्षेत्री भन्छन्, ‘त्यही बेला मेरी पत्नी श्रीषा पौडेलले मेरो सम्पत्ति हत्याउन जाल रच्न थालिन् ।’ अहिले श्रीषा क्षेत्रीसँग सम्बन्धविच्छेदको तयारीमा छिन् ।

देशभरका सोझा जनतालाई ठगेर विदेश हुँदा श्रीषाले उनलाई भनेकी रहिछन्, ‘अब तिमी नेपाल आउने होइनौं । तिम्रो नाममा रहेको सम्पत्ति अरुले किन खानु पर्यो ? मै खान्छु ।’

जनता ठगेर भाग्नु परेको बेला विष्णुलाई श्रीषाको सान्त्वना चाहिएको थियो । श्रीषाले उल्टो सम्पत्ति हत्याउने योजना बनाइन् । विष्णुको सम्पत्तिको कति हिस्सा ठगीको हो कति उनकै मेहनत हो खुलाएका छैनन् । उनको परिवारमा आमा, दुई छोरा र पत्नी श्रीषा छन् ।

पत्नीले छाड्नै लागेको थाहा पाएपछि विष्णुले आफ्नो भाइ र भाइलाई भैसेपाटीस्थित श्रीषा बस्ने डेरामा पठाए । त्यहाँ श्रीषाले बच्चा अपहरण गर्न आएको भन्दै थुनिदिने धम्की दिइन् । तर यो मामिलामा श्रीषाको तर्क बेग्लै छ । उनले भनिन्, ‘मेरो छोरो पेटमा आएको एक महिनादेखि विष्णु फरार भएको हो । म एक्लैले छोरा हुर्काएँ । कहिले कसैले उसको लालनपालनमा वास्ता गरेन । एक्कासी स्कुलमा आएर बाबाभए ठाउँ लैजान्छौं भनेर विष्णुका भाइले लैजाने खोजेपछि मलाई अपहरणको शंका लागेको हो ।’

[caption id="attachment_58250" align="alignleft" width="436"] अाफू मरेकाे नक्कल गरी क्षेत्रीले बाहिर ल्याएकाे तश्विर ।[/caption]

त्यही घटनापछि फेसबुकमा आफू मरेको नक्कली फोटो सार्वजनिक गरेको विष्णुले बताए । तस्बिर राखिएको विषयमा को को जानकार थिए क्षेत्रीले बताएका छैनन् । आफ्नो छोराको मृत्यु भएको खबर र तस्बिर सार्वजनिक हुँदा आमाको मनमा के बित्ला ? तर विष्णु भन्छन्, ‘आमा र भाईलाई पारिवारिक पीडाबाट जोगाउन त्यसो गरेको हुँ ।’

ठगीमा जेल पर्दा पनि उनी अर्कै योजनामा छन् । उनले ‘नेपालको आर्थिक वृद्धिको योजना कसरी बनाउने भन्ने बारे चिन्तन् गर्छु’ समेत भन्न भ्याए ।

यता श्रीषाले ७२ असार २९ मा ललितपुरमा विष्णुविरुद्ध अंशमुद्धा हालेकी छिन् । श्रीषाको उजुरी अनुशार विष्णु बहुपत्नी धारी जस्तो देखिन्छ । श्रीषाले लेखेकी छन्, ‘आफू र आफूपट्टिको एक छोरो मात्रै विष्णुको अंशियार हौं ।’ जानकारहरुकाअनुशार श्रीषा विष्णुकी तेस्री पत्नी हुन् ।

विष्णुले ठगीबाट खडा गरेको साम्राज्यमा श्रीषाले मस्ती गरिरहेको चर्चा छ । भैसेपाटीमा उनले आफ्नो घर एक लाख रुपैयाँ भाडामा लगाएर आफू माइतीमा बस्दै आएकी छन् । चितवनमा रहेको जग्गाजमिनको आयसमेत उनैले बुझ्दै आएको दावी विष्णुको छ । श्रीषा अहिलेसम्म विष्णुलाई भेट्न जेल गएकी छैनन् ।

विवाह–सम्पत्ति र सम्बन्धविच्छेद विष्णुको चरित्रको विषयमा त केही उल्लेख गर्नै पर्दैन । घाम जत्तिकै छ । तर विष्णुले श्रीषाको चरित्रमा पनि खोट देखाएका छन् । प्राप्त कागजातमा श्रीषाले एक पटक गर्भपतन गराएको देखिन्छ । सेवाग्राहीको गोपनियतासँग जोडिएको विषय अस्पतालले नदिनु पर्ने हो तर विपी स्मृत अस्पतालले श्रीषाको विषयमा लिखित रुपमै दिएको छ । त्यो अवैध गर्भ थियो भन्ने विष्णुको दाबी छ । श्रीषाले अर्को विवाह गर्न लागेको विष्णुको शंका छ । विष्णुको भनाइअनुशार श्रीषाको पहिले पनि एक व्यक्तिसँग विवाह भएको थियो । अहिले उनले तेस्रो विवाहको तयारी गरेकी छन् ।

यस सम्बन्धमा श्रीषाले भनिन्, ‘यो विषय गलत हो । गलत सही जे भए पनि यो विषय मेरो निजी हो । मेरो यो विषय लेख्ने पत्रिका समाप्त हुनेछ । तपाईले सोध्नु भयो मैले पनि भने । फेरि भन्छु यो समाचार नलेख्नु ।’

अहिले विष्णुले एउटा अनौठो तर्क पनि गरिरहेका छन् । त्यो तर्क हो, ‘अदालतले मेरो सम्पत्तिबाट भए पनि ठगिएकाहरुको पैसा फिर्ता गर्नू भनेको छ । मेरो सम्पत्ति श्रीमतीले खाएपछि कसरी फिर्ता गरु ?’ विष्णुजस्ता ब्रान्डेड ठगले आफ्नो सम्पत्तिबाट जनतालाई पैसा फिर्ता दिनेमा शंका नगर्नुपर्ने कारण देखिन्न ।

सत्मार्गमा लागेको दाबी हजारौं लाखौ नेपाली ठगेका विष्णुले अहिले आफू सत्मार्गमा लागेको दाबी गर्न थालेका छन् । उनी भन्छन्, ‘कैदीबन्दीलाई समाजले नराम्रो रुपमा मात्र नहेरोस् भनी भोलिका दिनमा उनीहरु समाजमा राम्रो छवि र उच्च सम्मानका साथ बस्न सकुन् भनी मैले केही प्रयासमात्र गरेको हुँ । यो काम राज्यले गर्नुपथ्र्यो तर त्यसो नभएकाले मैले गरेको हुँ ।’

पत्नी श्रीषाको यो शैली विष्णुको दाबीअनुशार श्रीषा अहिले तेस्रो विवाहको तयारीमा छन् । नेपालको एक नाम चलेको कम्पनीको डेपुटी जिएमसँग उनले विवाहको तयारी गरेकी छन् । केही पत्रकारसँग निकट उनले आफ्नो वास्तविकता लुकाउन ‘भर्सटाइल’ नामक म्यागजिन निकाल्दै आएकी छन् । एसएलसीमात्रै पास गरेकी उनको म्यागेजिनको दर्ता चितवनमा छ । प्रकाशन काठमाडौंबाट हुन्छ । सोको जानकारी प्रेस काउन्सिल, सूचना विभागमा छैन । प्रभावशाली मानिसहरुसम्म प्रभाव विस्तार गर्न उनले म्यागेजिन प्रकाशन गरेको विष्णुको एकतफी दाबी छ । श्रीषाले भने यी सबै बेकारका आरोप भएको बताइन् ।

विशेष