समाज

काखमा छोरा च्यापेर दुबै मृगौला उपचारका लागि सहयोग माग्दै राना

काखमा छोरा च्यापेर दुबै मृगौला उपचारका लागि सहयोग माग्दै राना
फागुन–१६ । अाठ महिनाको बालक काखमा च्यापेर दुवै मिर्गौलापीडित २६ वर्षीेया खुमीसरा रानाले उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना गरेकी छिन् । सिलुवा गाविस–४ मनहरी, पाल्पा बस्ने रानालाई दुवै मिर्गौलाले काम नगरेपछि उपचारमा समस्या परेको छ । मिर्गौला प्रत्यारोपण गर्नका लागि ठूलो रकम लाग्ने अस्पतालले बताएपछि उनलाई उपचारमा समस्या परेको हो । मिर्गौलापीडित राना र उनका श्रीमान् रामपुर नगरपालिका–७ मा सञ्चालित कालिका चाउचाउ उद्योगमा मजदुरी गर्दै आएका छन् । डेढ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहेकी रानालाई अस्पतालले १० लाख जति रकम लाग्ने बताएपछि उनको परिवार चिन्तामा रहेको छ । बुटवलको गौतम बुद्ध र काठमाडौँको किस्ट अस्पतालमा उपचार गर्दा अहिलेसम्म दुई लाख रकम खर्च भइसकेको उनका भाइ छवि राईले बताए । रासस

खुमीसरा राना पाल्पा मृगौला उपचार सहयोग

विशेष