उपराष्ट्रपति पुन अस्वस्थ, प्रधानमन्त्री अस्पताल पुगे स्वास्थ्य अवस्था बारे जानकारी लिन
फागुन – १६ । उपराष्ट्रपति नन्दबहादुर पुन अस्वस्थ भई थापाथलीस्थित नर्भिक ईन्टरनेशनल अस्पतालमा भर्ना भएका छन् । चार दिनदेखि विसन्चो भएपछि अस्पताल भर्ना गरिएको हो ।
चार दिनदेखि रिंगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने समस्या देखिएपछि निवासमै उनको उपचार हुँदै आएको थियो । समस्या कम नभएपछि आइतबार राति अस्पतालमा भर्ना गरिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । प्रेस संयोजक घर्तीमगरका अनुसार उपराष्ट्रपति पुनको उपचार डा मधु घिमिरे र डा शिवजी विक्रम शिलवालले गरिरहेका छन् । उनको शरीरमा सोडियम र पानीको मात्रा कम देखिएको घर्तीमगरले बताए । सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगर उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । त्यस्तै सोमबार विहानै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि पुनको स्वस्थ्य अवस्था बुझ अस्पताल पुगको घर्तीमगरले जनाए । उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड