खेल

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप महिला भलिबलकाे सेमिफाइनलमा

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप महिला भलिबलकाे सेमिफाइनलमा
फागुन–१६ । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आयोजक मध्यमश्चिमाञ्चललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।   नेपालगञ्जको कर्भडहलमा सोमबार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई तथा एपीएफले नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा हराउँदै सेमिफाईनलको प्रतिद्धन्द्धी एपीएफ पाएको छ । लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी सहज जित निकाल्यो । पुलिसले किशोरी खेलाडिहरुले भरिएको मध्यमश्चिमाञ्चललाई २५–११,२५–८ र २५–१८ को सेटमा हराएकाे हाे । अर्को खेलमा एपीएफले नेपाल आर्मीलाई तीनै सेटमा दोहोरो अंक छुन दिएन । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले २५–५ मै आर्मीलाई रोक्यो । दोश्रो र तेश्रो सेटमा पनि हाबी भएको एपीएफले आर्मीमाथी २५–८ र २५–९ को सेटमा जित निकाल्यो । लिग चरणका दुवै खेल जितेको एपीएफ समूह “ख” को विजेता बन्दा एक खेल जितेको आर्मी समूह “ख”को उपविजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेकाे हाे । साबिक बिजेता भारतको रेल्वे समूह “क” बाट अपराजित रहँदै विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपविजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । भारतीय दोश्रो टिम बर्षात एशोसियसन र आयोजक मध्यपश्चिमाञ्चलले दुवै खेलमा पराजय व्यहाेरे पछि लिग चरणबाटै बाहिरिएका छन् । बाके जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा मंगलवार पहिलो सेमिफाईनल खेल समूह “क” को विजेता रेल्वे र समूह “ख” को उपविजेता आर्मी बीच हुनेछ । दोश्रो सेमिफाईनल खेल समूह “ख”को विजेता एपीएफ र समूह “क” को उपविजता पुलिस बीच हुनेछ ।  

नेपाल पुलिस क्लब नेपालगञ्ज प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता

विशेष