प्रवास

साउदीले कामदारमाथि लेवी लगाउने तयारी, नेपाली कामदारलाई समेत असर पार्ने

साउदीले कामदारमाथि लेवी लगाउने तयारी, नेपाली कामदारलाई समेत असर पार्ने
विगत १७ वर्षदेखि जर्मन नागरिक डोमिनिक स्टेक आफ्नो परिवारसहित साउदीमा बस्दै आएका थिए । उनको परिवार साउदीमा यति रमाएको थियो कि उनीहरुले जर्मनको बारेमा सबै बिर्सिसकेका थिए ।
तर, साउदीमा आएको आर्थिक गिरावटबाट उनी अब यस देशमा बस्न सक्ने छैनन् । ‘पछिल्लो महिनामा साउदीमा आएको भारी आर्थिक गिरावटका कारण यहाँ बस्न सक्ने अवस्था छैन ।’ उनी अगाडि थप्छन्, ‘मेरा कामदारहरुले अर्कै देशका लागि प्रक्रिया सुरु गरिसकेका छन् । यो देशमा भन्दा अरु देशमा गएर उनीहरुले राम्रो कमाइ गर्न सक्ने छन् ।’ उनी त यसको उदाहरण मात्र हुन् । यसको एउटै कारण हो साउदीलगायत खाडी देशमा आएको आर्थिक गिरावट । खाडी मुलुुकमा उत्पादन हुने कच्चा तेलको मूल्य घटिरहेकाले यसको असर पूरै अरबी देशमा देखिएको छ । साउदीले आफ्नो देशको पैसालाई बाहिर जान नदिनका लागि नयाँ उपाय अपनाउन थालेको छ, आफ्ना देशका मानिसहरुलाई रोजगारीमा राखेर । त्यसैले बाहिरबाट आएका कामदारहरुमो यसको असर देखिन थालेको हो । पछिल्लो वर्ष साउदी सरकारले आर्थिक वृद्धीमा तिब्रता दिनका लागि भिजन २०३० घोषणा गरेको थियो । यसै अन्तरगत सरकारले आफ्ना नागरिकलाई निजी कम्पनीमा रोजगारी दिन बताएको थियो । साउदीको सुस्त आर्थिक वृद्धीले समस्या सृजना भएको हो । साउदीमा २०१४ देखि कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । यसैले गर्दा देशले ठूलो घाटा व्यहोरनुका साथै निजी कम्पनी विशेषगरी निर्माण कम्पनीमा करोडौँ कर्जा जम्मा भएको छ । यसै कारण पछिल्लो समय आप्रवासी कामदारले जागिर गुमाउने क्रममा वृद्धी भएको छ । साउदी बिनलादीन ग्रुप एक्लैले विभिन्न देशका करिब ७० लाख कामदारलाई नोकरीबाट निकाली दिएको छ । यता साउदीका कम्पनीले आफ्नो कामदारको संख्या घटाउँदै छन् भने साउदीमै लामो समयदेखि व्यवसाय सञ्चालन गरेर बसेका विदेशीहरु पनि व्यवसाय छोडेर आफ्नो देश फर्किदै छन् । इलेक्ट्रोनिक सेक्टरका एक प्रबन्ध निर्देशक (म्यानेजर)का अनुसार उनको कम्पनीको व्यवसायमा १० प्रतिशत गिरावट आएको छ । उनले भने, ‘मानिसहरु छोडेर जाँदैछन्, किनकि उनीहरुको प्रवेश आज्ञा (भिसा) रिन्यू भएको छैन । सबै दवावमा छन् । यस्तो कुनै व्यवसाय छैन जुन राम्रोसँग सञ्चालनमा भएको हो ।’ उनले अगाडि थपे, मेरो कम्पनीले पनि अहिलेसम्म ३ सय कामदारलाई निकाली सकेको छ । यसमा धेरै भारतीय, पाकिस्तानी र फिलिपिन्सका नागरिक छन् । साउदी सरकारले १० हजार रियालभन्दा कम आम्दानी गर्ने विदेशी कामदारलाई आफ्नो परिवारलाई स्वदेश (घर) पठाउन वा आफैँले जागिर छोड्न निर्देशन दिएको उनले बताए । यसको एउटै कारण साउदीका स्थानीय नागरिकलाई बढिभन्दा वढी रोजगारी सिर्जना गर्न सकियोस । साउदी सरकारले आउँदो जुलाईसम्ममा विदेशी कामदार(उनका आश्रित ब्यक्ति)माथि लेवि लगाउने तयारी गरेको छ । हाल साउदी सरकारले एक महिनाको १ सय साउदी रियाल (२७ अमेरिकन डलर वा करिब २८५१ नेपाली रुपैयाँ) लिने भएको छ । २०२० सम्ममा यो रकम बढाएर ४०० साउदी रियाल (१०८ अमेरिकन डलर अथवा लगभग ११,४०४ नेपाली रुपैयाँ) लेबि पुराउने नयाँ योजना बनाएको छ । नेपालबाट वैदेशिक रोजगारीको शिलशिलामा करिब ३ लाख नेपाल साउदी पुगेको अनुमान गरिन्छ । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा मात्रै साउदी जानका लागि ५ हजार ४ सय ३३ जनाले अन्तिम स्वीकृति लिएका छन् । साउदीको यो नयाँ प्रवाधानले नेपाली कामदारमा पनि असर पर्ने देखिन्छ ।

saudi arab

विशेष