मनोरञ्जन

ओस्कारको इतिहासिक गल्तीको पछाडि को थियो ?

ओस्कारको इतिहासिक गल्तीको पछाडि को थियो ?
फागुन – १६ । संसारकै सबैभन्दा ठूलो चलचित्र पुरस्कार तर विजेताको नाम घोषणा गर्नमा सबैभन्दा ठूलो गल्ती । संसारकै सबैभन्दा ठूलो चलचित्र पुरस्कार ओस्कारमा २७ फरवरी २०१७ को दिन खास रुपमा सम्झिइने छ ।
यस वर्षकाे सर्वाेत्कृट अवार्ड चलचित्र मुनलाइटले जित्याे, तर धेरै ठूलाे नाटकपछि मात्र मुनलाइटकाे नाम घाेषणा गरियाे । जसकाे कारणले लस एन्जेल्सकाे काेडक थियटरमा हंगामा नै मचियाे ।
नाटक के थियाे ? सर्वाेत्कृष्ट चलचित्रकाे नाम घाेषणा गर्नका लागि मञ्चमा फे डनअवे र वारेन बीटी थिए । बीटीले माहोल तताउँदै दर्शकलाई उत्सुक बनाइउने कोशिस गरिरहेका थिए । त्यसै समय फेले सर्वोत्कृष्ट फिल्म ला ला लैण्डलार्इ घोषणा गरिदए ।
जब ला ला लैण्ड फिल्मको कास्ट पुरस्कार लिन स्टेजमा पुगे तब एक निर्माताले सबैलाई समहाल्दै भने, 'वास्तवमा मुनलाइटले बेस्ट पिक्चरको अवार्ड जितेको हो । यो कुनै मजाक हैन ।' त्यसपछि लस एन्जेल्सको कोडक थिएटरमा हंगामा मचियो । गल्ती देखिएपछि बीटीले माहोल समाल्ने प्रयास गरे ।
त्यसपछि बीटीले भने, 'म तपाईंहरुलाई बताउन चाहन्छु कि वास्तवमा के भएको थियो, मैले खाम खोलेँ । उसमा लेखेको थियो एमा स्टोन, ला ला लैण्ड । त्यसैले मैले फे र तपाईंहरु तर्फ धेरै समयसम्म घुरेँ । म जोक्कर जस्ताे देखिने कोशिस गरिरहेको थिएँ ।'
किमलले गल्तीलाई मजाकले ढाके समारोहको उद्घोषण गरिरहेका जिम्मी किमलले मजाक गर्दै भने, ‘म यसको लागि स्टीव हार्वेको जिम्मेदार ठान्छु ।’ हार्वेले मिस युनिभर्सको समारोहमा पनि गलत विजेताको नाम पढेका थिए । गल्तीको कारण थाहा पाएपछि समारोहमा उपस्थित दर्शकले मुनलाइटलाई बधाई दिएर र तालिको गडगडाहटले थिएटर गुञ्जियो ।

La La land Moonlight Oscar Award

विशेष