समाज

कमाईको १० प्रतिशत बाबुआमालाई छुट्याउनु पर्ने

कमाईको १० प्रतिशत बाबुआमालाई छुट्याउनु पर्ने
फागुन १७ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले मन्त्रालयले सन्तानको आफ्नो कमाइको १० प्रतिशत अनिवार्य बाबुआमालाई दिनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेको बताएका छन् । महिला मन्त्रालयले वृद्धवृद्धा भएपछि सन्तानले हेरचाह नगरिदिँदा उपचार र पालनपोषणमै समस्या परेको भन्दै ज्येष्ठ नागरिकको अधिकार सुरक्षित गर्न यस्तो व्यवस्थासहितको ऐन संसद्मा दर्ता गराइसकेको उनले बताए । उनले सरकारी वा गैरसरकारी रोजगारप्रदायक संस्थाले नै मासिक कमाइको तोकिएको प्रतिशत काटेर बाबुआमाको खातामा जम्मा गरिदिनुपर्ने बताए । ’सन्तानको कमाइ छुट्याएर बाबुआमालाई दिए वृद्धवृद्धाले बेसहारा बन्नुपर्दैन’, उनले भने । मन्त्री थापाले बाबुआमालाई समय दिन नसक्ने सन्तानले समेत हेरचाहको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम बनाउने लक्ष्यअनुसार यो वर्ष कम्तीमा प्रत्येक प्रदेशमा एउटाका दरले सशुल्क आश्रम बनाउने बताए । ’त्यहाँ ७५ प्रतिशत पैसा तिर्न सक्ने बस्छन्, २५ प्रतिशत ठाउँ विपन्न र तिर्न नसक्नेले पाउँछन्’, मन्त्री खड्काले जानकारी दिए । उनले दीर्घकालीन रुपमा प्रत्येक स्थानीय निकायमा एउटा वृद्धाश्रम रहने गरी आगामी आर्थिक वर्षमा ४९० वटा यस्ता केन्द्र खोलिने र यो वर्ष ४० वटा खोल्ने बताए ।

Jestha nagarik

विशेष