समाज

आइजीपी विवादको विषयमा आजपनि सर्वोच्चमा बहस

आइजीपी विवादको विषयमा आजपनि सर्वोच्चमा बहस

फागुन १७ । नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई भइरहेको छ ।

रिटमाथि गत बुधबार र बिहिबार बहस भएपनि समय अभावका कारण ‘हेर्दाहेर्दै’मा राखेर आजलाई सारिएको थियो । अधिवक्ता कपिलदेव ढकाल र महानिरीक्षकको प्रतिस्पर्धामा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले वरियता मिचिएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइमा चन्दको पदबहाली रोक्न अन्तरिमकालिन आदेश जारी गरेको थियो । बुधबार र बिहीबारको पहिलो सत्रमा अधिवक्ता ढकाल र डिआइजी सिलवाल पक्षका अधिवक्ताहरुले बहस गरेका थिए भने बिहिबारको दोस्रो सत्रमा सरकारी पक्षका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले डीआईजी चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय संविधान, कानुनसम्मत भएको र अतीतका त्यस्ता विभिन्न दृष्टान्त रहेको तर्क गरेका थिए ।

प्रधानन्यायाधीशको एकल इजलासले सरकार पक्षलाई सुनुवाइका लागि पेशीसमेत चढाउन नदिनु कानुनी रूपमा त्रुटीपूर्ण रहेको भन्दै उनले नियुक्तिविरुद्धको रिट बदर गर्न माग गरेका थिए ।

Jayabahadur chand Nabaraj Silwal

विशेष