देश

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु
फागुन - १७ । पूर्वी लमजुङको राईनासमा बसको ठक्करबाट मंगलबार राईनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ। नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिए। गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए । बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका आएका बेला कार्यालय अगाडि नै दुर्घटना भएको राईनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरियाले जानकारी दिए । बसका चालक र बसलाई धमिली कुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

road accident

विशेष