समाज

द्वन्द्वकालमा ध्वस्त भएकाे पाल्पा दरबारको पुनःनिर्माण सम्पन्न

द्वन्द्वकालमा ध्वस्त भएकाे पाल्पा दरबारको पुनःनिर्माण सम्पन्न
फागुन - १७ । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ।
विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो। तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा छन् । २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ, तर राम्ररी सन्चालनमा आउन भने सकेको छैन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा छ करोड ३१ लाख रुपैयाँको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो।

Palpa Darbar

विशेष