खेल

तिलोत्तमा गोल्डकपः आर्मी अन्तिम चारमा

तिलोत्तमा गोल्डकपः आर्मी अन्तिम चारमा
फागुन - १७ । रूपन्देहीको बुटवलमा जारी १९औैं तिलोत्तमा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।  मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा नेपाल प्रहरीलाई तीन एक गोल अन्तरले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाएको छ । त्रिभुवन आर्मीलाई विजयी गराउन खेलको २० औं मिनेटमा विवेक बस्नेत ३८ औं मिनेटमा राजीव गुरुङ र ८३ औं मिनेटमा दीप बस्नेतले गोल गरे । नेपाल प्रहरीका निरकुमार राईले खेलको ७८ औं मिनेटमा गोल गरे । अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीले आयोजक रूपन्देही–११ को सामना गर्नेछ भने संकटाले हिमालय शेर्पाको सामना गर्ने छ । विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तिलोत्तमा गोल्डकप

विशेष