खेल

एथलेटिक्सका प्रशिक्षक रोकायालाई आदर्श खेल व्यक्तित्व सम्मान

एथलेटिक्सका प्रशिक्षक रोकायालाई आदर्श खेल व्यक्तित्व सम्मान
फागुन - १७ । गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्वधावक हरिबहादुर रोकायालाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व सम्मान प्रदान गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले काठमाडौंमा आज उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम गरी २५ हजार रुपैयाँसहित रोकायालाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व सम्मान प्रदान गरेको हो । कार्यक्रममा १२ औं सागमा समावेश गरिएका खेलहरुलाई आधार मानी २२ खेलाडीलाई सम्मान गरियो । भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन र स्क्वासका अरहान्त सिंह सम्मानित भए । यस्तै बक्सिङकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्सल देवी तामाङ, जुडोकी फुपुल्हामु खत्री, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, ट्राईयाथलनकी रोजा केसी, कबड्डीका शान्ति मल्ल, लनटेनिसका अभिषेक बास्तोला पनि सम्मानित भए रहेका छन् । यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणा कुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबल टेनिसका दीप साउद, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सका हरिकुमार रिमाललाई सम्मान गरियो ।

हरिबहादुर रोकाया

विशेष