खेल

प्रधानमन्त्री कपः भारतको रेल्वे र एपीएफ उपाधिका लागि भिड्ने

प्रधानमन्त्री कपः भारतको रेल्वे र एपीएफ उपाधिका लागि भिड्ने
फागुन - १७ । बाँकेको नेपालगञ्जमा जारी प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा भारतको रेल्वे र नेपालको एपीएफबीच उपाधिका लागि भिडन्त हुने भएको छ । नेपालगञ्जको कर्भडहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेल्वेले नेपाल आर्मीलाई तीन शून्यको सोझो सेटमा हराउ“दा दोस्रो सेमिफाइनलमा एपीएफले पुलिसलाई तीन शून्यकै सोझो सेटमा स्तब्ध बनायो । रेल्वले आर्मीलाई २५–१६, २५–२३ र २५–१४ ले पराजित ग¥यो भने एपीएफले पुलिसलाई २५–१३,२५–७ र २५–२२ को सेटमा हरायो । लिगकम नकआउटको आधारमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एक लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैया“, तेस्रो हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल भोलि हुनेछ ।

Volleyball प्रधानमन्त्री कप

विशेष