मनोरञ्जन

शाहरुखसँग खेल्लिन् त कंगना ?

शाहरुखसँग खेल्लिन् त कंगना ?

फागुन १८ । बलिउडकी क्वीन कंगना रनावत फिल्ममा जति बोल्ड भूमिकामा देखिन्छिन् । वास्तविकतामा पन उस्तै हक्की स्वभावकी छन् । गैरफिल्मी परिवारकी कंगनाले ठूलै संघर्ष गरेर यति बेला आफुलाई बलिउडमा अग्रपंक्तिमा नायिकाका रुपमा स्थापित गराउन सफल भएकी छन् । तीन पटककी नेसनल अवार्ड विजेता उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने नायिकामा पर्छिन् ।

उता, शाहरुख खानलाई बलिउडमा किङ खान उपमा दिइन्छ । हालैको एउटा टक शो मा भने बलिउड क्वीनले किङ खानका बारेमा निराशाजनक कुरा गरेकी थिइन् । कफी विथ करणमा कंगनालाई होस्ट करणले सोधेका थिए । तपाईलाई तीन खान शाहरुख, सलमान र अमिरमध्येकोसँग काम गर्न बढी इच्छा छ ? खरो स्वभावकी कंगनाले प्रश्नलाई भुईमा खस्न नपाँउदै विनासोचविचार कसैसंग पनि कम गर्न इच्छा छैन भनेर ठाडो जवाफ दिइन । त्यो प्रसारण भएपछि शारुखका फ्यानहरुले भडकिए, सोसल मिडियामा आक्रोश पोखे ।

शाहरुखले भने सोसल कंगनाले त्यस्तो नभनेकी होलिन भनेर अनलाइनका समाचारको विश्वास गरेनन । उनले भनेका छन् मलाई थाहा छैन तपाइहरुले अनलाइनमा आएका समाचारलाई पढेर कतिको सत्य थाहापाउननु भयो । उता संजयलिला भंसालीले शाहरुख र कंगनालाई जोडीका रुपमा उतार्न लागेको खबर पनि आएको छ ।

Sarukh Khan

विशेष