खेल

तिलोत्तमा गोल्डकपमा संकटा र हिमालयन शेर्पा भिड्दै

तिलोत्तमा गोल्डकपमा संकटा र हिमालयन शेर्पा भिड्दै
फाल्गुन १८ । बुटवलमा जारी १९ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाईनलका खेल सूरु हुदैछन् । पहिलो सेमिफाईनलमा काठमाडाैंको संकटा र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा टेक्निकल सेन्टरमा खेल दिउँसो साढे २ बजेपछि सूरु हुनेछ । संकटाले एपीएफ र हिमालयन शेर्पाले झापालाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो भने संकटाले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । तीन विभागीय सहित १० टोली सहभागी प्रतियोगीताको विजेताले ५ लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन ।

Tilotama Gold Cup

विशेष