चौध वर्षमा किशोरीहरु तरुनी भइसक्छन् — ऋषी धमला (भिडियोसहित)

फागुन १८ । कार्यक्रम ‘धमलाको हमला’मा जो अन्तरवार्ता दिन पुग्छन्, प्रस्तोता ऋषी धमलाको फण्डामा फसिहाल्छन् । धमलाले भित्री कुरा खोल्न गेस्टलाई हमला गरिहल्छन् र उत्तरका लागि र्याख्र्याखती पारेर असिनपसिन बनाउँछन् । धमलाको हमलामा पुगेर धमलाको हमला खेपेका त्यस्ता धेरै सेलिब्रेटिहरु छन् जसको नाम लिएर साध्य छैन । कतिपय अवस्थामा धमला आफैँ विवादमा पनि फस्ने गर्दछन् । कहिले सेलिब्रेटिको विवाहका विषयमा त कहिले पहिरनका चर्चाले । कहिले बालिकालाई युवती भनिदिएर त कहिले खेलाडीलाई विश्वकप कति वर्षमा जित्ने भन्ने जस्ता अर्थहीन प्रश्न सोधेर धमाला विवादमा फसी नै रहन्छन् । तर, एक कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले धमालामाथि हमला गरेका छन् । सिकारु पत्रकारहरुले उनकै विवादित विषयहरुको प्रश्न उठाउँदा धमलालाई उत्तर दिन नै हम्मेहम्मे परेको थियो । केही समयअघि चर्चित डान्सर तथा भारतीय रियालीटि सो ‘झलक दीक्लाजा’की विजेता तेरिया मगरको विषयलाई लिएर धमालालाई पत्रकारहरुले र्याखर्याखती पारे । कार्यक्रम धमालाको हमलामा पुगेकी तेरियालाई धमलाले युवती भनेर सम्बोधन गरेका थिए । १४ वर्षकी किशोरीलाई युवती भनेर सम्बोधन गरिदिँदा धमालाका बारेमा धेरैले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेका थिए । यद्यपी धमलालाई भने यस्ता कुराहरुले खासै फरक पार्दैन । आफू सकारात्मक हुँदै विरोधीलाई पनि सधैं सम्मान र माया गर्ने उनको भनाई छ । तेरियाजस्ती किशोरीलाई किन युवती भनियो भन्ने प्रश्नमा उनले आक्रमक जवाफ दिए । ‘१४ वर्ष पुगिसकेपछि सबै किशोरीहरु जवान हुन्छन् ।’

‘धमलाको हमलामा बोलिएका कुनै पनि कुरा काटिने छैनन् ।’ धमलाको हमलाबारे थप स्पष्टिकरण दिँदै उनले भने, ‘कसैले दबाब दिएर बोलेको कुरा काट्न लगाउने काम धमलाको हमलामा हुँदैन् । कार्यक्रममा बोलिसकेपछि बोल्यो बोल्यो ।’ यही कारणले लोक गायिका ज्योती मगर तथा स्मीता थापाको अन्तर्वाता प्रशारण नगर्ने भनेर निकै विवादित बन्न पुग्यो । तर, निकै समयको विवाद पछि कार्यक्रम प्रशारण गरियो । केही जमातले धमलालाई वाहियात पत्रकार भनिरहँदा उनलाई कर्मनिष्ट भन्नेहरु पनि धेरै छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विभिन्न कार्यक्रममा धमलाको कुरा कोट्याउँदै आएका छन् । एक समय उनी रातभरि पानीमा भिजेर पूर्वप्रधानमन्त्री नेपालको अन्तर्वाता लिएर आएको घटना कोट्याउँदै धमलाले प्रसंगलाई विस्तृत रुपमा खोले । त्यतिबेला लोकेन्द्र बहादुर चन्दको प्रधानमन्त्रीत्वको सरकार थियो । चन्दको सरकार ढाल्नका निमित्त एमाले नेताहरु नेपालको घरमा बैठक बसेका थिए । पत्रकारहरु पनि बैठक हुने भनेपछि नेपालको घरमा पुगेर कुरेर बसे । पत्रकारकै साथमा त्यहाँ पुगेका थिए पत्रकार धमाला पनि । बैठक समाप्त हुन्छ भनेर कुर्दा कुर्दा रातको १२ बज्न लागिसकेको थियो । मुसल धमरे पानी परिरहेको र रात छिप्पिसकेका कारण अन्य पत्रकारहरुले आफ्नो घरको बाटो तताए । तर, धमला फर्किन मानेनन् । नेपालको घर नजिकैको रुख मुनी ओत लागी बसेका उनलाई नेपालले रातको १२ बजे घर तल जाँदा देखिहाले । देखेर चिन्ने बित्तिकै धमलालाई भित्र बोलाएर बैठकबारे सूचना दिए । धमलाले भोलीपल्ट बिहानै ‘यसरी ढालिदैँ छ चन्दलाई’ भन्ने समाचार सम्प्रेषण गरेर जनतामाझ सूचना पुर्याए । उक्त घटनादेखि नै नेपाल जता गए पनि धमलाको प्रशंशा गर्ने गरेका छन् । केही समयअघि सिके राउतले रिपोर्टर्स् क्लबमा गर्न लागेको पत्रकार सम्मेलन रद्द गरिनुको कारण खुलाउँदै प्रेस काउन्सीलको चेतावनीबाट नभइ आफूले नै रद्द गर्न लगाएको धमलाले बताए । राउतले गर्न लागेको पत्रकार सम्मेलन रद्द भएपछि प्रेस काउन्सीले कारवाही गर्ने चेतावनी दिएर धमलाले सम्मेलन गर्न रोक लगाएको भन्ने समाचार मिडियामा आएको थियो । रिपोर्टर्स क्लबले नै उक्त सम्मेलन रोक्न लगाएको उनले स्पष्ट पारे । राष्ट्र विखण्डनकारीहरुलाई मिडियामा ठाउँ दिन नहुने आचरसंहिताको निती भएपनि लोकतन्त्र र प्रजातन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउने भएकाले राउतको एक किसिमको हक पनि भएको उनले बताए । CK Raut jyoti magar madhav kumar nepal Rishi Dhamala