बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फागुन–१८ । यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ ।
को ४ प २४९८ नंको मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०:३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएपछि उनी घाइते भएकामा उपचारका लागि न्युरो अस्पताल लाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बससहित चालक प्रहरीको नियन्त्रणमा छन् ।
मृत्यु
मोटरसाइकल चालक