मनोरञ्जन

धनुषमाथि यो कस्तो फसाद ! दुई व्यक्तिद्वारा भरणपोषणको मागदाबीसहित अदालतमा मुद्दा दायर

धनुषमाथि यो कस्तो फसाद ! दुई व्यक्तिद्वारा भरणपोषणको मागदाबीसहित अदालतमा मुद्दा दायर
फागुन – १८ । दक्षिण भारतका लोकप्रिय चलचित्र अभिनेता धनुषविरुद्ध एक महिला र एक पुरुषले अदालतमा मुद्दा दायर गरेका छन् । धनुष आफ्नो छोरा भएको दाबी गर्दै उनीहरुले आफ्नो भरणपोषणको मागदाबीसहित अदालतमा मुद्दा दायर गरेका हुन् ।
बीबीसीका अनुसार तमिल जोडीले उजुरी पत्रमा धनुष १० वर्षको उमेर घरबाट भागेको दाबी गरेका छन् । धनुषलाई यही मुद्दाको विषयमा मदुराई अदालतमा मंगलबार बोलाइएको थियो । ‘दुबैजनाले झुट भनिरहेका छन्,’ उनले यस प्रकरण बारे भने, ‘यस मुद्दामाथि अदालतमा सुनुवाइ जारी छ ।’ यस मुद्दाको अघिल्लो सुनुवाई अदालतले मार्च दुई तारिकलाई तोकेको छ । दुई मार्चमा नै अदालतले उनी कसका छोरा हुन भन्ने फैसला गर्ने बताइन्छ । दक्षिण भारतीय चलचित्र अभिनेता धनुषलाई हिन्दी फिल्म प्रेमीहरुले ‘रांझना’ र ‘षमिताभ’ जस्ता लोकप्रिय चलचित्रका कारणले चिन्छन् । उनले गाएको ‘कोलावेरी डी, कोलावेरी डी’ गीत एक समय इन्टरनेटमा भाइरल भएको थियो । चलचित्र अभिनेता धनुषको असली नाम भने वेन्कटेश प्रभु हो । उनी तमिल चलचित्र निर्देशक तथा निर्माता कस्तूरी राजाका छोरा हुन् भने तमिल चलचित्रका बेताज बादशाह रजनी कान्तकी छोरी ऐश्वर्याका पति हुन् ।

Dhanush

विशेष