संसारकै सबैभन्दा सानो मोबाइल फोन (फोटो फिचर)
इमेजनबाट खरिद गर्न सकिने यो फोन संसारकै सबैभन्दा सानो मोबाइल फोन हो । किचेन साइजको यो फोनको नाम जे एठ बिट द बोस फोन दिइएको छ । यसको मूल्य करिब २८ सय रुपैयाँ तोकिएको छ ।
धातुबाट बनेको यस फोनले तीन तरिकाले काम गर्दछ । यसले ब्लूटूथ डायलर, ब्लूटूथ इयरफोन र मिनी इंडिपेडेन्ट सेलफोनको काम गर्दछ ।
यस मोबाइलको कि–डायल माथि सिलिकन केप हालेर नरम र टिकाउ बनाइएको छ । यसबाट सहिजलै नम्बर डायल गर्न र सन्देश पठाउन सकिन्छ । यसको अवरण नरम हुनुका साथै चलाउन पनि सजिलो छ ।
लक्जरी डिजाइनको यस फोनको तौल करिब १९ ग्राम रहेको छ । ब्लूटूथ भएका कारण फोनमा कुरा गर्दै अर्काे कुनै काम पनि गर्न सकिन्छ । यस फोनमा पनि साधारण अन्य फोनमा जस्तै फंक्शनहरु समाबेस गरिएको छ ।
यो फोनमा धुलोबाट असर नहुनुका साथै कोरिने डर पनि हुँदैन । यसमा ब्याकलाईट डिस्प्ले छ जसले अध्यारोमा पनि सहिलै हेर्न सकिन्छ । यसमा प्रयोग गरिएको ब्लूटूथले सजिलै अरु फोन र ट्याब्लेटमा पनि जोड्न सकिन्छ ।
यसमा फोन बुक, कल रेकर्डस् हुनुका साथै गीत पनि सुन्न सकिन्छ । यसमा माइक, अलार्म, घडी पनि समावेश गरिएको छ ।
Small Mobile Phone