खेल

तिलोत्तमा गोल्डकप : इन्जुरी समयमा गोल गर्दै संकटा फाइनलमा प्रवेश

तिलोत्तमा गोल्डकप : इन्जुरी समयमा गोल गर्दै संकटा फाइनलमा प्रवेश
फागुन–१८ । संकटा क्लब रुपन्देहीको बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पालाई २–१ पराजित गर्दै संकटाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको २६ औं मिनेटमा चेतन कुमार थारुले गोल गर्दै हिमालयनलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ४३ औं मिनेटमा मार्टिनले संकटाका लागि बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि इन्जुरी समयको दोस्रो मिनेटमा सुशील केसीले गोल गर्दै संकटालाई २–१ को जित दिलाए । संकटाले अब उपाधिका लागि विहीबार हुने विभागीय टोली नेपाल आर्मी र रुपन्देही–११ को खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तिलोत्तमा गोल्डकप फाइनल संकटा

विशेष